‘आँधी तुफान २’को ‘कसम तिमीलाई म छोड्दिन…’ सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’को गीत ‘कसम तिमीलाई म छोड्दिन...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन लिम्बू र बिनुसा राईको स्वर, विक्रम थापाको संगीत र ��ीपेन्द्र खड्काको शब्द छ । कमल राईको कोरियोग्राफी रहेको गीतमा कलाकारद्वय सञ्जय खतिवडा र अनमिका कार्कीलाई फिचरिङ गरिएको छ ।

यही साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले नारी शक्तिको कथा भन्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभएको छ । २०६४ भाद्र २७ गते प्रदर्शन भएको चलचित्र ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’लाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।

चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोष्टर डिजाइन, रवि केसीको मेकअप र सम्राट थापाको पाश्र्व संगीत छ । आरआर फिल्मस्ले ‘आँधी तुफान २’ वितरणको जिम्मेवारी सम्हालेको छ ।

Leave a Reply

रिलेटेड न्युज

छुटाउनुभयो कि ?