काठमाडौं । ‘शाम्बाला’ अधिकारिक रूपमै नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । आवेदन दिनका लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ ।
‘यो फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवं अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण प्रस्तुति तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरी अवार्डका लागि शाम्बालालाई छनोट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । ९७औं अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस-एञ्जलसमा आयोजना हुँदैछ । मीनबहादुर ��ाम निर्देशित ‘शाम्बाला’ अहिले नेपाली हलमा प्रदर्शन भइरहेको छ ।
‘साम्बाला’ले एक हप्तामा करिब डेढ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले एह हप्तामा एक करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । ‘शुक्रबार साँझ हामीलाई आएको रिपोर्ट अनुसार एक हप्तामा एक करोड ४० लाख रुपैयाँ कलेक्सन गरेको छ’, निर्देशक भामले भन्नुभययो । चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वांग्याल गुरुङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ । चलचित्रमा कथा लेखनमा मिनलाई अभिनास वि��्रम शाहले सहयोग गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच