Monday 23rd September 2024

    ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’को उपाधि अनुष्का, दिशान्त र सिमरनलाई    घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरुको सम्झनामा असोज ७ लाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाईयो    धनमायाको सपनीमै देख्ने छैन    हरिओम मङ्गोलको "मायाँ लाउनै हतार भो" सार्वजनिक    एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टको १२औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

नायक तथा मोडल सन्जित भण्डारीको अभिनयमा ‘माया छरेर’ सार्वजनिक (भिडियो)

Tuesday, April 12, 2022 National Power

काठमाडौं – चकलेटी नायक तथा मोडल संजित भण्डारी फिचर्ड ‘माया छरेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामचन्द्र ढकालको शव्दमा तयार गीतलाई प्रविशा अधिकारीको स्वरमा सार्वजनिक भएको म्युजिक भिडियो ‘माया छरेर’ ले छोटै समयमा धेरैको मन जित्न सफल भएको छ । गजल शैलीको यो गीतको भिडियो सामना म्यूजिक क्रियशन को यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो ।
गायिका प्रविशाको कर्णप्रिय स्वर रहेको गीतको भिडियोमा मोडल भण्डारीलाई निरुता शाही र अन्जली श्रेष्ठले अभिनयमा साथ दिएका छन । गीतको मर्म अनुरुप छायाङ्कन गरिएको कथावस्तु र यसका पात्रले गीति एल्बममा सुनमा सुगन्ध थपेको छ । हेमन्त शिशिरको संगीत रहेको उक्त म्युजिक भिडियोलाई ऋषि बरालले निर्देशन गरेका हुन् भने सन्तोष तिमल्सिनाको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सामना म्युजिक क्रियसनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो थोरै समयमा नै सवैले रुचाएका छन ।