विराटनगरको बजेट साढे तीन अर्ब, इटहरीको दुई अर्ब र धरानको डेढ अर्ब बजेट


इटहरी । विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९।८० का लागि महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

महानगर उपप्रमुख शिल्पा निरौला कार्कीले शुक्रबार महानगरको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ७२ लाखले न्यून हो । चालू आर्थिक वर्षमा ४ अर्ब ६३ करोड २ लाख ८१ हजार पाँच सय रुपैयाँको संशोधित बजेट थियो ।

यस्तै, इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ ।
शुक्रबार ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख र संघीय विशेष अनुदान ९ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश समानिकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाडफाँड १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार र प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशनबाट ३२ करोड बजेट अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि खर्च बेर्होने स्रोतमध्ये आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार अनुमान गरिएको छ ।

बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिने उल्लेख छ । भौतिक पूर्वाधारबाहेक स्वास्थ्य, शिक्षा, कृषि, पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतलाई समेटिएको उपप्रमुख संगीता चौधरीले बताइन् ।

यस्तै, धरान उपमहानगरपालिकाले १ अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार शुक्रबार ११ औँ नगरसभामा प्रस्तुत बजेट कार्यक्रममा खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद व्यवस्थापनलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेको नगरसभामा उपप्रमुख आइन्द्रविक्रम बेघाले आगामी आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेका थिए । कुल विनियोजित बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२, पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८, वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख विनियोजन गरिएको छ ।

राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दान परिवर्तबाट व्यवस्थापन हुने अनुमान गरिएको छ ।

यस्तै, मेयर कोषमा १ करोड २० लाख, उपप्रमुख कोषमा ८० लाख, पूर्वाधार, साझेदारी कार्यक्रमको लागि ७५ लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, आकस्मिक कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका अन्य खर्चतर्फ ४० करोड समेत गरी ४३ करोड ९० लाख विनियोजन भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी