दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड ४५ विधामा

काठमाडौं ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०२३’ विभिन्न ४५ विधामा प्रदान गर्दै शनिबार अबेरसाँझ सम्पन्न भएको छ । नेपाली गीतसंगीतको प्रवर्धन र अग्लेश्वरी हिल्सको पर्यटन प्रवद्र्धनको लागि आफुहरुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका संस्थापक अध्यक्ष सिजम सिँजालीले कार्यक्रममा बताए ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, कलाकार, उधमी, व्यबसायी लगायतलाई सम्मानित गरिएको थियो । अवार्डको निर्णायकमा लोकप्रिय गायक सिडी बिजय अधिकारी, संगीतकार शँकर थापा ‘स्माईल’, मोडल रुविना अधिकारीलगायत थिए ।

समारोहमा चलचित्र संगीत छक्का पञ्जा ४ को दर्शन सलामले ह्याट्रिक ग-यो । यो गीतबाट गायकमा डेभिड शँकर, गीतकारमा राजेन्द्र थापा र संगीतकारमा दीपक शर्माले अवार्ड चुमे । संगीतकारमै पब्लिक च्वाइस अवार्ड प्रसाद २ को मारसी धान गीतबाट राजनराज शिवाकोटीले, गायकको पब्लिक च्वाइस अवार्ड नाई नभन्नु ल ६ को तिम्रो आँखामा प्रताप दासले र उत्कृष्ट गायिकाको अवार्ड बाबरी चलचित्रको बाबरी रंगबाट अस्मिता अधिकारीले हाँसिल गरे ।

यस्तै राष्ट्रिय गीत गायकको अवार्ड नीमा शेर्पाले, पर्यटन प्रवद्र्धन गीतको अवार्ड गायक प्रकाश कटुवालले, पर्यटनतर्फ गीतकारको अवार्ड कल्याण रत्न कार्कीले हाँसिल गरे । आधुनिक गीत तर्फ उत्कृष्ट आधुनिक गीत गीतकारको अवार्ड दुर सागरबाट डब्बु क्षत्रीले, डायस्पोरा अवार्ड राज मुकारुङले, जूरी अवार्ड सचिता कर्माचार्यले, संगीतकारको अवार्ड पदम रोकायाले, गायकको अवार्ड नरेश बीबीसीले, गायकको जूरी अवार्ड विशाल थापाले, पपुलर गीतको अवार्ड सबु थापामगरले, गायिकाको अवार्ड सुनिता कार्कीले, गायिकाको जुरी अवार्ड कुसुम बरालले, नयाँ गायकको अवार्ड बालाराम परियारले पाए ।

म्युजिक भिडियो तर्फ महिला मोडलको अवार्ड जिसु कोइरालाले र जुरी अवार्ड अनिता गिरीले, पुरुष मोडेलको अवार्ड ईश्वर बल्लभ उप्रेतीले, पुरुष नवमोडलको अवार्डसुनिल न्यौपानेले, महिला नव मोडेलको अवार्ड रेश्मा श्रेष्ठले, सिनेमेटोग्राफ���को अवार्ड रुपेश थापाले, भिडियो सम्पादकको अवार्ड पदम सुवेदीले, भिडियो निर्देशकको अवार्डसत्यराज चौलागाईंले र निर्देशकको पब्लिक च्वाइस अवार्ड दिलीप समनले हाँसिल गरे ।

यस्तै पपगीतमा भिडियो महिला मोडलको अवार्ड अस्मिता तामाङले, नव पुरुष मोडलको अवार्ड रमेश विश्वकर्माले, गायकको अवार्ड चेतन राईले र जूरी अवार्ड प्रशान्त मिष्टले, पपगीत गायिकाको अवार्ड रिज्योना कार्कीले, डायस्पोरा अवार्ड मञ्जु लामा र जुरी अवार्ड चाँदनी शाक्यले, गीतकारको अवार्ड किरण माइकल घिमिरेले, संगीत संयोजकको अवार्ड आमोस तामाङले पाए ।

लोक तथा लोकदोहोरी तर्फ गीतकारको अवार्ड नेत्र अर्यालले, संगीतकारको अवार्ड श्रीकृष्ण बम मल्लले, संगीत संयोजकको अवार्ड नरेन्द्र वियोगीले, लोकदोहोरी गायकको अवार्ड खेम सेन्चुरीले र जुरी अवार्ड सरोज लामिछानेले, गायिकाको अवार्ड पार्वती कार्कीले, नव गायिकाको अवार्ड कविता खत्रीले र नव गायिका जुरी अवार्ड सावित्रा भुजेलले, नव गायकको अवार्ड नकुल गौतमले प्राप्त गरे । यस्तै लोकदोहोरी म्युजिक भिडियो महिला मोडलको अवार्ड रजनी गुरुङले र जुरी अवार्ड अनिता बस्नेतले, पुरुष मोडलको अवार्ड सागर लम्सालले, महिला नवमोडलको अवार्ड शशिकला राईले, नव पुरुष मोडलको अवार्ड नबिन गौतमले हाँसिल गरे । यस्तै लोकदोहोरी भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले, छायाँकारको अवार्ड राम कृष्ण कँडेलले, भिडियो निर्देशकको अवार्ड खमेश श्रेष्ठले, कल्चरल गीत गायिकाको अवार्ड कल्पना सुनुवारले र कल्चरल गीत भिडियो निर्देशकको अवार्ड दमौलीका चाईना पुलबाट उमेश गुरुङले हाँसिल गरे ।

यस्तै बाल कलाकार तर्फ उत्कृष्ट मोडलको अवार्ड मायाको आशबाट सफल पौडेलले, जुरी अवार्ड छुनुमुनु २ बाट जविस श्रेष्ठ ÷जविन श्रेष्ठले, पब्लिक च्वाइस अवार्ड चाँहिदैन तिम्रोबाट आयुषी ढकालले, कोरियोग्राफरको अवार्ड सातै सुरबाट कृष्ण रसालले, कोरियोग्राफर जुरी अवार्ड कालीकालीबाट विकास नेपालीले हाँसिल गरे । यस्तै गीत मिक्सिङ र मास्टरिङको अवार्ड जरुरी कुराबाट किशोर थापाले, उत्कृष्ट गजल गायकको अवार्ड मौसम खराबबाट गुणराज श्रेष्ठले, गजलमै जुरी अवार्ड माया गरेझैंबाट डीबी खड्काले, देउडा गायिकाको अवार्ड उधारो खाईदियोबाट शोभा थापाले हाँसिल गरे ।

कार्यक्रममा मोडल अदिती श्रेष्ठको नृत्य निकै आकर्षक थियो । यस्तै गायकहरु डेभिड शँकर, प्रताप दासले आफ्ना गीतबाट दर्शकलई नचाए । नेपाल मगर सांस्कृतिक संघका कलाकारहरुको नृत्य, लुगुम चेलिबेटी आमा समुहको पञ्चेबाजा प्रस्तुति निकै आकर्षक थियो ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खसको भन्दा १६ मत बढी भेटिएपछि धनुषामा झडप, प्रहरीद्धारा २५ राउण्ड हवाई फायर