९८ प्रतिशत धान रोपाइँ

काठमाडौं । गत वर्षभन्दा ६ प्रतिशत बढी धान रोपाइँ भएकाले यस वर्ष १० प्रतिशत बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म मुलुकभर ९८ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष ९२ दशमलव ४ प्रतिशतमा रोपाइँ भएको थियो ।

समयमा मनसुन भएकाले यसपालि कुल १३ लाख ९८ हजार ९ सय ८५ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १३ लाख ७७ हजार २ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

५७ लाख धान उत्पादन हुने, ४ लाख मेट्रिक टन आयात गर्नुपर्ने

कृषि विभागको तथ्यांकनुसार यस वर्ष सुदूरपश्चिममा कुनै पनि धान रोपाइँ हुने क्षेत्र बाँकी छैन । सो प्रदेशको १ लाख ७४ हजार ५ सय हेक्टर अर्थात् शतप्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । बाग्मती प्रदेशमा पनि ९९ दशमलव ३ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । बाग्मतीमा १ लाख १२ हजार २ सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा १ लाख ११ हजार ३ सय ५१ क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

कोशी प्रदेशमा ९९ दशमलव १ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब २ लाख ७६ हजार ३ सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेको छ । सोमध्ये २ लाख ७३ हजार ८ सय ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

यसैगरी, मधेस प्रदेशमा ९७ दशमलव ३ प्रतिशतमा रोपाइँ सकिएकोे छ । मन्त्रालयका अनुसार यस प्रदेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये ३ लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

कृषि विभागको तथ्यांकनुसार गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको छ । सो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ हेक्टर रहेकामा ९३ हजार ९ सय २१ क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९८ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको छ । यस प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा ३ लाख ६ हजार ३ सय ७७ हेक्टरमा रोपाइँ सकिएको छ ।

कर्णाली प्रदेशमा भने ९९ दशमलव २ प्रतिशतमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार ५ सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

यस वर्ष गत वर्षको तुलनामा धान रोपाइँ वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । गत वर्ष जम्मा ९२ दशमलव ४ प्रतिशत धान रोपाइँ भएको थियो । जसमध्ये कोशीमा ९६, मधेसमा ८२, बाग्मतीमा ९३, गण्डकीमा ९३ प्रतिशत धान रोपाइँ भएको थियो । यसैगरी, गत वर्ष लुम्बिनीमा ९५ प्रतिशत, कर्णालीमा ९८ र सुदूरपश्चिममा ९९ प्रतिशत धान रोपाइँ भएको थियो ।

अधिक धान रोपाइँ हुने क्षेत्र रहेको मधेस प्रदेशमा ९७ दशमलव ३ प्रतिशतमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष बढी धान उत्पादन हुने अपेक्षा गरिएको हो ।

यस वर्ष तुलनात्मक रूपमा रासायनिक मलको सहज उपलब्धता र कि��ानका लागि मनसुन सुखद रहेका कारण झन्डै ४ प्रतिशतले रोपाइँ बढेको छ ।

धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने यस वर्ष १० प्रतिशतले धान उत्पादन बढ्ने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल आयातका लागि आह्वान गरिएकामा ४ लाख ७१ हजार २ सय ८७ मेट्रिक टन आयात भएको थियो । आगामी वर्ष पनि धान रोपाइँलाई सहज बनाउन सरकारले ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने लक्ष्य लिएको छ । गत वर्ष ४ लाख ५�� हजार ९ सय ३९ मेट्रिक टन मल बिक्री भएको तथ्यांक रहेको छ भने हालसम्ममा ८७ हजार १ सय ५४ मेट्रिक टन मौज्दात रहेको बताइएको छ ।

गत वर्ष कुल ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष मनसुन र मलको सुविधाका कारण ५७ लाख ३५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

आव २०७९–८० मा ७ लाख ८९ हजार ८ सय मेट्रिक टन धान र चामल आयात भएको थियो भने गत वर्ष ४ लाख ७ हजार ७ सय ३५ मेट्रिक टन धान आयात भएको थियो । गत वर्ष २१ अर्ब ३४ करोड ४३ लाखको धान–चामल आयात भएको थियो । जसमा धान १२ अर्ब र चामल ९ अर्बको आयात भएको थियो ।

आव २०८०–८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्यबराबरको धानको बीउ आयात भएको छ । नेपालमा झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको हो ।

यसैगरी, गत आवको जेठ मसान्तसम्मा करिब ११ अर्ब ५५ करोड मूल्यबराबरको धान आयात भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ८ अर्ब ६९ करोड मूल्यबराबरको चामल आयात भएको छ । करिब ९ लाख २० हजार मूल्यबराबरका कनिका आयात भएको छ ।

आव २०८०–८१ मा कृषि क्षेत्रको जीडीपी २४ दशमलव १ प्रतिशत रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्व जलवायु सम्मेलनः कोप–२९ सोमबारदेखि अजरबैजानमा सुरु, के–के छन् नेपालका एजेन्डा ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित