राष्ट्रकविलाई शिखर सर्वोच्च शताब्दी सम्मान

राष्ट्रकविलाई शिखर सर्वोच्च शताब्दी सम्मान

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘शिखर सर्वोच्च शताब्दी सम्मान’ प्रदान गरिएको छ। शुक्रबार पर्यटन बोर्डमा भएको शिखर नेपालको १५औं वार्षिकोत्सवका अवसरमा उनलाई नेपाली भाषा साहित्यमा उल्लेख्य योगदान गर्दै आएकाले उक्त सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले सम्मानपत्र हस्तान्तरण गरेका थिए। स्वास्थ्यका कार��� कार्यक्रममा स्वयं राष्ट्रकवि उपस्थित नभए पनि धर्मपत्नी महाकाली घिमिरे उपस्थिति थिइन्।

राष्ट्रकविको दीर्घायुको कामना गर्दै उनका रचनाहरूको छोटो प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा फूलको थुंगा, नेपाली हामी रहुँला कहाँ, गाउँछ गीत नेपाली जस्ता उनका कालजयी रचनामा नाटकीय प्रस्तुति दिइएको थियो।

पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रकविलाई सर्वोच्च शताब्दी सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा सम्मानित अन्य व्यक्तित्वहरूलाई पनि उनले आआफ्नो क्षेत्रबाट राष्ट्रको विकासमा योगदान गर्न आग्रह गरे। ‘माधव घिमिरेजस्तै आआफ्नो क्षेत्रबाट योगदान गरेर राष्ट्रको विकासमा मद्दत गर्नुस्’, उनले भने।

कार्यक्रममा धुर्मुस–सुन्तलीको सामाजिक कार्यको कदर गर्दै शिखर वर्ष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो। साथै १४ जनालाई शिखर व्यक्तित्व सम्मान र २७ जनालाई शिखर सम्मान प्रदान गरियो। कार्यक्रममा भीष्मराज फुलाराद्वारा लिखित ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तक पनि लोकार्पण भयो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.