+
+

प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते २०:२०

२७ पुस, हेटौंडा । प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ ।  प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

प्रदेशको नाममा एउटा मात्र प्रस्ताव बागमती दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रीता माझी र राप्रपा संयुक्तकी रीना गुरुङ समर्थक थिए ।

प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन ।

यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दर्ता गरेको प्रस्तावमा कांग्रेसका बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए ।

प्रस्तावको पक्षमा १०४ मत परेको छ भने विपक्षमा तीन । विवेकशील साझाका तीन सांसदले काभ्रेको धुलिखेललाई स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेशसभाले यो प्रस्तावले बहुमतले अस्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?