चलचित्र चिठ्ठीको गीत ‘टुटेको तारा’ सार्वजनिक



काठमाडौँ।
माधव राज खरेल निर्देशित नेपाली चलचित्र ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । गीतमा शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ भने सरोज कोइरालाले सङ्गीत गरेका छन् ।

चलचित्रको केन्द्रीय भूमिकामा सञ्जीत भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराई लगायतका रहेका छन् भने नम्रता खरेल, रश्मि भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपूत, प्रह्लाद खरेल, उद्धव भट्टराई, समीर लामा, पूर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल छायाङ्कन गरेका हुन् भने सम्पादन निर्देशक खरेल र अच्युत बजगाईँले गरेका छन् । चलचित्रको सहायक निर्माता अनिता कुँवर, समीर खान र कृष्णादेवी आचार्य रहेका छन् । काठमाडौँ, काभ्रेपलान्चोक तथा ललितपुरमा छायाङ्कन गरिएको यो चलचित्र एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu