वैदेशिक रोजगारीको कथामा बन्यो नयाँ गीत ‘आमा’, शिव र उषाले दिए आवाज



काठमाडौं। चर्चित गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। गीतमा अभि सुनारको शब्द रचना र सङ्गीत रहेको छ।

गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन्, जसमा विद्या कार्की, अभि सुनार, उषा गजुरेल, र आदित्य ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन्।यसमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ, जहाँ घरको एक्लो छोरो विदेश गएपछि आमाले भोग्नुपर्ने पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा विकास धमलाले ��म्पादन र कलर गरेका छन् भने छायाङ्कन बुद्ध थापा एन्ड टिमले गरेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu