पदम रोकाया : शब्दमार्फत कर्णाली चिनाउने स्रष्टा

रेवतीरमण न्यौपाने, सुर्खेत

राज्यले कर्णालीप्रति हेर्ने नजर अझै परिवर्तन हुन सकेको छैन । धेरैलाई कर्णाली भन्ने बित्तिकै रोग,भोग र गरिबीको प्रायको रुपमा बुझ्ने गर्छन् । तर,कर्णालीमा भएका सम्भावनाहरुको प्रचारप्रसारका लागि नजर पुग्न सकेको छैन । अथाह सम्भावना बोकेको कर्णाली कला,सं��्कृतिमा समेत उत्तिकै धनी छ ।

आफ्नै भाषा परिवेशमा गाईने यस क्षेत्रका गीतसंगीतहरु पछिल्लो समय लोकप्रिय बन्दै गएका छन् ।कर्णालीका गीतसंगीतलाई यहाँसम्म पु¥याउन यसै क्षेत्रमा जन्मिएका सयौँ कलाकारहरुको देन छ । तर,उनीहरुको भूमिकाको सरकारले अहिलेसम्म कदर गर्न सकेको छैन । कर्णालीमा जन्मिएर गीतसंगीत क्षेत्रमा अघि बढ्न निकै कठिनाइ छ ।

कर्णालीका दश जिल्लामध्ये एक हो,जुम्ला । वर्षौंदेखि कर्णालीका अन्य जिल्लाका तुलनामा जुम्लाको काठमाडौंमा धेरै चर्चा हुँदै आएको छ । जुम्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धनमा लागेका गायक तथा संगीकार हुन्– पदम रोकाया ।

लामो संघर्षपछि राष्ट्रिय कलाकारका रूपमा स्थापित भइसकेका रोकाया कर्णाली विकासमा मात्र नभई कर्णालीका कला, संस्कृति र स्रष्टाहरूसमेत ओझेलमा रहेको बताउँछन् । झण्डै डेढ दशक लामो सांगीतिक जीवनमा डेढ सयभन्दा बढी गीतमा स्वर र करिब सात सयभन्दा बढी गीतमा शब्द÷संगीत दिएका रोकाया कर्णालीका संगीतकर्मीलाई स्थापित हुन अहिलेपनि बाधा छ ।

रोकाया आफू पनि आफ्नै शब्द/संगीत र स्वरको गीत ‘जुम्ला कालिकोट’ बजारमा ल्याएपछि चर्चामा आएका स्रष्टा हुन् । त्यसबाहेक ‘माया गर्ने जीवन साथी,’ ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, भन्ने गीतले उनलाई थप चिनाए । यस्तै ‘तिम्ले घृणा गरे पनि’, ‘मेरी मायालु’, ‘बस मैना घरमा’, ‘कर्णालीको दुर्दशा’, ‘निष्ठुरी र परि’ लगायत गीत उनका चर्चित गीतहरु हु् । यी गीत श्रोतामाझ लोकप्रिय समेत छन् ।

उनले आफूमात्र नभई नेपाली गीतसंगीतको विकास, विस्तार र प्रवद्र्धनका लागि नवप्रतिभालाई पनि प्रोत्साहित गर्दै आएका छन् । सोहीक्रममा उनी कर्णाली कलाकार समाजको अध्यक्ष हुँदै यहाँसम्म आइपुगेका हुन् । रोकायाले कर्णालीको कला संस्कृतिको प्रवद्र्धनमार्फत् पर्यटन प्रवद्र्धनमा पनि जोड दिँदै आएका छन् । उनका गीतसंगीतमा कुनै न कुनै हिसाबमा कर्णाली जोडिएकै हुन्छ ।

उनले नेतृत्व गरेको कर्णाली कलाकार समाजको अगुवाइमा सिञ्जा महोत्सव २०६९, कालिकोट महोत्सव २०७१, कर्णाली सांस्कृतिक उत्सव २०७१, दोस्रो कालिकोट महोत्सव २०७३, कर्णाली सांस्कृतिक कार्यक्रम २०७४ र प्रथम सिञ्जा पर्यटन महोत्सव २०७६ भएका थिए ।

राष्ट्रिय पुरस्कार २०७५ द्वारा समेत सम्मानित रोकाया म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल म्युजिक अवार्ड २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०��५, बक्स म्युजिक भिडियो अवार्ड २०१८, कर्णाली सांस्कृतिक सम्मान २०७६, कनकासुन्दरी गाउँपालिका २०७६, रारा साहित्य प्रतिष्ठान स्रष्टा सम्मान २०७६ लगायतबाट पनि सम्मानित भइसकेका छन् । २०६९ सालमा उनको सम्मानमा पदम रोकाया एकल साँझसमेत आयोजना भएको थियो । उनले विगत लामो समयदेखि काठमाडौंका विभिन्न विद्यालय र संगीत प्रतिष्ठानमा पनि गीतसंगीत सिकाउँदै आएका छन् । उनी संगीतका गुरु समेत हुन् ।

रोकायाका अनुसार पछिल्लो समय गीत रेकर्डिङ निकै खर्चिलो बन्दै गएकाले नवप्रतिभाका लागि चुनौती बनेको छ । अडियोको जमाना परिवर्तन भएर अडियो–भिडियोले प्रवेश पाएसँगै रेकर्डिङ खर्चिलो बन्न पुगेको हो । विगतमा सामान्यतया ६० देखि ७० हजार रुपैयाँमा एउटा गीतको अडियो तयार हुने गरेकोमा अहिले भिडियोसमेत गर्नुपर्ने भएको डेढ लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्ने उनले बताए ।

त्यतिमात्रै नभई पछिल्लो समय नेपाली मौलिक गीतसंगीतमाथि पश्चिमी शैलीका संगीतको हाबी हुन थालेकाले गीतको मर्म र भावना मर्दै गएको प्रति उनले दुःख व्यक्त गरे । उनी भन्छन्,–‘एउटा गीतका लागि मिल्दो स्वर, शब्द, लय र संगीत हुनुपर्छ तर अब गीतका लागि केही नचाहिने अवस्था आएको छ, जसले पनि गाउने, जस्तो पनि गीत हुने, स्वर, शब्द, संगीत, लयको कुनै मापदण्ड छैन ।

तपाईको प्रतिक्रिया