+

मधेश क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित

२०८० भदौ  ९ गते २०:१६ २०८० भदौ ९ गते २०:१६
मधेश क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित

९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् ।

शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सिरहाका महासेठ अध्यक्ष निर्वाचित भएका हुन् ।

यस्तै रौतहटका पवनकुमार गुप्ता उपाध्यक्ष, सप्तरीका आयुष श्रेष्ठ सचिव र बाराका सुवास जयसवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।

९ सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका शत्रुघनप्रसाद साह, रौतहटका प्रमोद साह, महोत्तरीका राजीवकुमार झा र मुकेशकुमार साह, धनुषाका आकाश पाण्डे, सिरहाका विकलकुमार विष्ट, पर्साका यावुजान अन्सारी तथा बाराका अनिल कुमार चौगाई छन् ।

यसअघि सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको निर्वाचन हुन बाँकी छ । क्यानको केन्द्रीय निर्वाचन असोजको पहिलो साता हुँदैछ ।

 

मधेश सुनिल महासेठ